कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । 

मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

हालसम्म कुल संक्रमितको ० दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ । हालसम्म ४० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: