७ लाख मूल्यको औषधि बरामद

दमक ।  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्र्रहरीले करिब ७ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए। यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: