एक हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४० हजार ५२९

काठमाडौं । नोभेल कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए । 

जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ । 

पछिल्लो २४ घण्टामा ७६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २२ हजार १७८  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५   हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार  ३९० जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५२९  पुगेको छ । 

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

सोमबार ११ हजार १२९  जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: