अमेरिकाले भन्‍यो–नोभेम्बर १ देखि खोप वितरणको तयारी गर्नू

एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको छ । अर्कातिर कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको तयारी द्रुत गतिमा भइरहेको छ । 

हाल नोभम्बरमा राष्ट्रपतिका लागि हुने मतदानभन्दा केही दिनअघि खोप वितरण गर्ने योजनाले नयाँ चिन्ता उत्पन्‍न गराएको छ ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्वास्थय अधिकारीहरुलाई ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्न आग्रह गरेको छ । 

२७ अगस्तमा पठाइएका तीनवटा डकुमेन्टले दुईवटा खोप वितरणको विस्तृत विवरण सेट गरेको न्युयोर्क टाइम्सले जनाएको छ । सीडीसीले तयार गरेको निर्देशिकाअनुसार खोपको प्राथमिकतामा चिकित्सक र स्वास्थ्यकर्मीहरु, ६५ वर्षभन्दा माथिका व्यक्तिहरु र संक्रमणको उच्च जोखिममा रहेका समुदाय छन् । 

धेरै सम्भावित खोपहरू क्लिनिकल परीक्षणका क्रममा छन् । केही खोप परीक्षणको अन्तिम चरणमा छन् । 

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौउसीले परीक्षण अत्यधिक सकारात्मक भएको खण्डमा परीक्षण पूरा हुनुअघि खोप उपलब्ध गराउन सकिनेतर्फ संकेत गरेका छन् । तर वैज्ञानिकहरुले राजनीतिले सीडीसीको घोषणालाई ड्राइभ गरेको बताएका छन् । 

एरिजोनाका संक्रण रोकथाम इपिडिमियोलोजिस्ट सास्किआ पोपेस्कुले न्युयोर्क टाइम्सलाई भने, यो समय‘ सार्वजनिक स्वास्थ्यको राजनीतीकरण र सम्भावित सुरक्षा समस्याहरूका लागि गम्भीर चिन्ताजनक छ । तर, निर्वाचनपूर्व खोपअगाडि बढाउन गाह्रो छैन । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: