पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ ः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्रियामा बुधबार उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने धारणा राख्दै उहाँले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताए ।

“मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनुभएको छ”, मन्त्री  पोखरेलले भने, “त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।” 

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षाबारे अविलम्ब निर्णय गर्न आग्रह गरे ।

विद्यार्थी नेताले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अवरुद्घ परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: