अर्थमन्त्री डा खतिवडाले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा मन्त्री खतिवडाले राजीनामा दिने बताएका थिए। उनले अर्थमन्त्रीका रूपमा काम गर्न अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए। बैठकमा उनले आफ्नो कार्यकालमा भएका सुधारका तथ्यांक समेत प्रस्तुत गर्दै सरकारले चाहेका बेला आफूले सहयोग गर्ने बताएका थिए।

बैठकपछि उनले अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर कर्मचारीसँग बिदाइ भएका थिए। अर्थ मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गरे। 

अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, महाशाखा प्रुमखहरू र कर तथा भन्सारका महानिर्देशकलाई बोलाएर मन्त्री खतिवडाले आफ्नो कार्यकालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखापरीक्षण ऐनजस्ता महत्वपूर्ण कानुन बनाइएको भन्दै खतिवडाले त्यसले प्रणाली सुधारमा जग बसालेको उल्लेख गरेका थिए। 

मन्त्री खतिवडाले वर्षौंदेखि विवादमा रहेको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था हटाइएको, भन्सारमा आशिकुडा प्रणाली विस्तार गर्दै लगिएको, भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ल्याइएको भन्दै यसले प्रणाली र कार्यगत दुवै सुधारका लागि बलियो आधार बनाएको पनि बताएका थिए।

खतिवडाले आफ्नो कार्यकालमा सहयोगका लागि कर्मचारीहरूलाई धन्यवाद पनि दिएका थिए। २०७४ सालको फागुनमा अर्थमन्त्री भएका खतिवडाले करिब ३० महिना मन्त्रालयको कार्यभार सम्हालेका थिए। 

राष्ट्रिय सभा सदस्य नभएको ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएपछि उनले राजीनामा दिएका हुन्। उनको पदावधि शनिबार सकिँने भएको थियो। 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: