ठेक्का रोकेर छानबिन गर्न नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणका लागि सरकारले दिएको ठेक्का रोकेर छानबिन गर्न माग गरेका छन् ।

उनले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गरेर रेलमार्ग निर्माणका लागि दिइएको ठेक्का रोकेर छानबिन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका हुन् ।

रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण नगरी रेलमार्ग निर्माण प्रक्रिया सुरु गर्नु गलत भएको नेता पौडेलको भनाइ छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: