४ डीआईजीसहित २४१३ प्रहरीलाई कोरोना, १११४ जना डिस्चार्ज

काठमाडौं । प्रहरीमा चार डीआईजीसहित २४ सय १३ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

११ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८८ र काठमाडौं उपत्यकाका ६७९ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १४६, प्रदेश २ मा ६१, वाग्मती प्रदेशमा ७८, गण्डकीमा ७९, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: