स्याङ्जाको आँधीखोलामा नेकपा परित्याग गर्दै काँग्रेस प्रबेश

स्याङ्जा, १७ असोज । नेकपाको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको सरकारको हरेक निकाय निकम्बा बन्दै गएको भन्दै आँधीखोलामा सक्रियता पूर्वक काम गरेका धनबहादुर जि.टी., डिलबहादुर वि.क. सहितका ४८ जना नेकपाका परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

नवप्रबेशिलाई स्वागत गर्दै नेपाली काँग्रेस स्याङ्जाका नेता संविधानसभा सदस्य राजु थापाले संघ, प्रदेश र स्थानीय तहका नेकपाका नेताहरु जनताको जीवनस्तर सुधार गर्नमा लाग्नुपर्नेमा ठिक उल्टो आफ्नो जीवन सुधार गर्न लागेको बताए । जताततै भ्रटाचार मौलाएको नेता थापाको जिकिर गरे ।

वर्तमान सरकार बनेपछि भ्रष्टाचार मौलाएको, जनताले सास्ती पाएको र जनता आक्रान्त बनेको नेता थापाले दाबी गरे । ‘सम्बृद्ध नेपाल, खुसि नेपाली’ भन्ने नेकपाको नाराले भ्रष्ट नेपाल, गरिब र दुःखी नेपाली बनाएको समेत बताए । 

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसीराम रेग्मीले दुई तिहाई नजिकको संख्या सहितको सरकार गरिब जनतालाई लुटेर बसेको आरोप लगाए । हरेक क्षेत्रमा कर लगाएर सरकारले गरिब जनता लुटेको उनको भनाई थियो । करका नाममा गरिब जनतासँग रकम उठाउने महंगा गाडी खरिद गरेर सरकार मोजमस्तीमा मस्त रहेको नेता रेग्मीले बताए ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्सालले प्रधानमन्त्री के.पी. ओली र सरकारका मन्त्रीहरु संबैधानिक निकायलाई कब्जा गरेर समाजलाई अराजक बनाउने तर्फ लागेको बताए । उनले सरकार गैरजिम्मेवार बन्दा समाजमा हत्या, हिंसा र बलात्कार बढेको बताए ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, लेखमाया पौडेल र काँग्रेस नेता श्रीराम उपाध्यायले पानी जहाज, रेलका कुरा गर्ने सरकारले विकासका नाममा सिन्को समेत भाच्न नसकेको बताए । सरकार बनेको ३ वर्ष हुन लाग्यो विकासले कुनै गति लिन नसकेको बताउँदै उनीहरुले अब नेकपा सरकारले कोरोनाका कारण केहि गर्न सकिएन भन्दै जनतालाई ढाट्न सक्ने दाबी गरे ।  

त्यस अवसरमा आँधीखोला गाउँपालिका नेपाल तरुण दलका नेता चन्द्रबहादु गुरुङ्, फणिन्द्र गुरुङ् र विद्यार्थी नेता दिपेन्द्र खड्काले जनताले धेरै अपेक्षा राखेर नेकपालाई भोट दिएको तर अहिले पछुताएको बताए । स्थिर सरकार बन्यो भनेर जनता खुसि भएका थिए तर स्थिर सरकार जनताको पक्षमा कुनैपनि का मगर्न नसकेको उनीहरुले बताए ।

आँधीखोला गाउँपालिका वडा नं. २ का चिलाउनेबासका सभापति थानेश्वर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कलाधर पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत रघु पौडेलले गरेका थिए भने धन्यवाद ज्ञापन दलित संघ स्याङ्जाका उपाध्यक्ष क्याप्टेन  डिल्लाराम थापा सुनारले गरेका थिए ।

काँग्रेस प्रबेश गरेका नेताहरुले सरकारको नेतृत्व टुक्का हालेर हसाँउने काम मात्र गरेको सुनाए । नेकपाका नेता भाषण राम्रो गरेर जनता लुट्ने काममा तल्लिन रहेको बताए । काँग्रेसमा उनीहरुको प्रबेशसँगै आँधीखोला गाउँपालिकामा नेकपालाई ठूलो झडका लागेको बताईएको छ ।

फोटो ः नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति अजित क्षेत्रको फेशबुकबाट ।

SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: