प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन् । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् । 

रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी गराएका छन् । उनले ट्विटरमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

थापाले पनि फेसबुकमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।” प्रेस सल्लाहकार थापाका अनुसार शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

1 comment:

  1. Woori Casino No Deposit Bonus 2021 | Free Play in Demo
    Woori Casino offers a variety of free https://octcasino.com/ spins and no deposit bonuses, as goyangfc well as regular promotions. As you can't claim 바카라 this offer without being 출장샵 registered

    ReplyDelete