प्रक्रियामै अड्कियो पैंचो ल्याउने भनिएको मल

काठमाडौं । बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए । बंगलादेशले पनि ५० हजार टन मल दिने आश्‍वासन दिएको थियो । त्यसपछि नेपालले उक्त युरिया मल ल्याउन टेन्डर आह्‍वान गरेर पनि आयातकर्ता छनोट गरिसकेको छ । 

तर, बंगलादेशले एउटा ुमेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङु एमओयू गर्न चाहेकाले मल ल्याउन ढिलाइ भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीले मल ल्याउन प्रक्रिया चलिरहेको बताए । उनका अनुसार कागजी प्रक्रियाका कारण मल ल्याउने समय लम्बिएको हो । यद्यपि उनले बंगलादेशले पठाएको एमओयूको ड्राफ्टमा केही हेरफेर गरेर सरकारले बंगलादेश पठाइसकेको र छिट्टै प्रक्रियाले मूर्तरुप पाउने बताए । “नेपाल र बंगलादेशमा एउटा एमओयूमा हस्ताक्षर हुनुपर्ने, त्यो भएको छैन । बंगलादेशले सम्झौताका लागि ड्राफ्ट पठाएको थियो । त्यसमा केही सच्चाएर हामीले पठाइसकेका छौं । सम्भवतः यो हप्ताभित्र प्रक्रियागत रुपमा टुंगिएला । त्यसपछि आउने क्रम सुरु हुन्छ,” उनले भने ।  

सम्झौताको पाटो टुंगिएपछिको १५ दिनभित्र मल आउन सुरु हुने मन्त्रालयले जनाएको छ । “५० हजार टन मल आउन दुई महिना लाग्छ । कागजी काम नटुंगिएसम्म प्याकेजिङ गर्ने, ढुवानी गर्ने काम सुरु भएन,” उनले भने, “कागजी प्रक्रिया टुंगिएको १५ दिनभित्र मल आउन सुरु हुन्छ ।” उनले नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिएको बताए । ूहाम्रो तर्फबाट सबै प्रक्रिया सकिएको थियो । उनीहरुले चट्गाउँबाट लैजाने भनेपछि हामीले टेन्डर आह्‍वान गरेर पनि टुंग्याइसक्यौं, उनले भने । 

बंगलादेशले मलको परिमाण र फिर्ता गर्ने विषयमा एमओयू गर्न खोजेको हो । यसबारेमा सुरुवाती समयमा छलफल नभए पनि पछि बंगलादेशले उक्त सम्झौता गर्न चाहेकाले प्रक्रिया लम्बिएको दाबी मन्त्रालयको छ । “हाम्रो तयारी सबै पूरा भएको छ । हाम्रा तर्फबाट पठाउनुपर्ने सबै पठाइसकेका छौं । मन्त्रालयले बंगलादेशसँग गर्ने सम्झौताको मस्यौदा पठाएको छ,” उनले भने, “अहिले त यो प्रक्रिया अगाडि बढेको छ, सम्भवतः यो साता केही होला ।”

कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डरबाट मल ल्याउने जिम्मा युनाइटेड अरब इमिरेट्सको जेन्टेड यूएई कम्पनीलाई दिइसकेको छ । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले मल लिन आउनू भन्‍नेबित्तिकै बोक्न तयारी अवस्थामा बसेको बताए । उनका अनुसार मल ल्याउने जिम्मा पाएको कम्पनीले बोरा प्रिन्टिङ गर्ने काम गरिरहेको छ । “नेपाल सरकार र बंगलादेश सरकारबीच एउटा सम्झौता हुन बाँकी छ । त्यो हुनेबित्तिकै हामी सामान लोड गर्न तयार छौं । सामान लोड गरेको एक सातामा मल आइपुग्छ,” उनले भने । 

मन्त्रालयले यो सिजनका लागि करिब एक लाख ५० हजार टन युरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैंचोमा मागेको हो । नेपाल बंगलादेशबाट ल्याउने मल सोही प्रक्रियाअनुसारै अन्य देशबाट किनेर बंगलादेशलाई दिनेछ । 

गहुँ, तरकारी र तोरी रोप्‍ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग युरिया मल सापटी मागेको हो । भदौ १६ गते कृषि विकासमन्त्री घनश्याम भुसालले दुई महिनाभित्र बंगलादेशबाट मल आउने बताएका थिए । मन्त्रालयले यसअघि रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका ठेकेदार शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गरिसकेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: