सकेसम्म काठमाडौं नआउन सरकारको आग्रह

काठमाडौं । सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । 

नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, “काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेकाले सकभर काठमाडौं नआउनु हुन र आउनै पर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु फलो गरेर मात्रै आउनु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।”

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्याकामा मात्रै १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ कोरोना संक्रमित थपिएका हुन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: