डा. केसीको माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । 

अनसनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागिहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । 

प्रदर्शनमा सहभागि युवाले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको स्वास प्रस्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पूरा गर्न उनीहरुको आग्रह छ । 

केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताए पनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ ।

माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् । 

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा। डा। गोविन्द केसीको १९ औं पटकको सत्याग्रहको आज २० औं दिन हो । 

सरकारले डा। के।सी।को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघले यसअघि नै गम्भिर ध्यानाकर्षण भएको भन्दै कठोर कदम चाल्ने चेतावनी दिइसकेको छ । 

सरकार आफैँले डा। केसीसँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौताअनुसार उनका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भइसकेको पनि भन्दै संघले सम्झौताहरुको अक्षरस कार्यान्वयन गर्न आग्रह गरेको छ । 

हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणको अवस्थामा डा। गोविन्द के।सी।को जीवन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको संघले बताएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: