राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

 

काठमाडौं । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पुशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उहाँको सम्मानमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दाबत्ती दिनु भएको थियो ।

यसअघि आजै विहान लैनचौरस्थित उहाँको निवास पुगि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । घिमिरे केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि बन्नुभयो ।

बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि उहाँले भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा रहेर काम गर्नुभएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो ‘आजै र राति के देखेँ सपना’ निकै चर्चित छन् ।

घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

शतायु बाँचेर देहावसान हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: