गोरु काटेर खाएको आरोपमा चार पक्राउ


स्याङ्जा, भदौ ३ ।

गोरु काटेर खाएको आरोपमा स्याङ्जामा ४ युवा पक्राउ परेका छन् । 

गोरु काटेर खाएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ दमैचौताराका ४ युवाहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वर्ष ३४ का प्रेम नेपाली, वर्ष २७ का दिपक नेपाली, वर्ष २६ का शिब नेपाली र वर्ष २३ को खेम परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ परेका युवाहरुलाई जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई साउन ३२ गते गोरु काटेर खाएको भन्ने आरोप लागेको छ ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: