कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट  ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । 

मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेको प्रवक्ता डा। गौतमले जानकारी दिए । 

त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । 

हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कुल कोरोना संक्रमितको ० दशमलव ५ प्रतिशतको मृत्यु भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: