च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

 

काठमाडौं । 

जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्बनमा गएराती भएको सेमिफाईनल खेलमा पिएसजी ३–० ले विजयी भयो । लेप्जीग विरुद्धको खेलमा पिएसजीलाई विजयी गराउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले एक एक गोल गरे ।

फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको यो पहिलो अवसर हो ।

पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सको ओलम्पिक लियोंबिच आज हुने दोस्रो सेमिफाईनल विजेतासँग खेल्नेछ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: