मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

काठमाडौं । 

बिद्यमान कोरोनाभाईरसको महामारी नियन्त्रणको लागि सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसंगै अत्यन्त प्रभावित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भदौ १ गतेदेखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको जनाएको छ ।

यस बाट गत चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी गराए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: