नयाँ आर्थिक वर्ष सुरु भएसँगै १२ अर्ब कर्जा प्रवाह


 काठमाडौं ।

आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुमा कर्जाको माग आउन थालेको छ । कोरोना भाइरसका कारण गत आर्थिक वर्षको चौथो त्रैमासदेखि ठप्प रहेको कर्जाको माग देखिन थालेको हो ।

उद्योग व्यवसाय ठप्प भएपछि बैंकहरुको कर्जाको माग रोकिएको हो । आर्थिक गतीविधि सुरु भएसँगै चालु पुँजीका भएपनि कर्जा लिन थालेपछि कर्जाको माग देखिन थालेको हो । नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । सोमबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जाका लागि एकमुस्ट आवेदनका लागि आह्वान पनि गरेको छ । यसले गर्दा पनि बैंकहरुमा आगामी दिनमा कर्जाको माग बढ्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो महिनाको चौथो सातामा ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तेस्रो सातामा वाणिज्य बैंकहरुवाट ५ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघले जनाएको छ । साउन महिनाका अन्तिम २ सातामा कुल १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका हुन ।

साउनको पहिलो सातामा २५ अर्ब निक्षेप र ३६ अर्ब कर्जा घटेकोमा दोस्रो सातामा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । तर, तेस्रो सातामा भने ११ अर्ब निक्षेप झिकिँदा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । साउनको चौथो सातामा बैंकिङ क्षेत्रमा देखिएको कर्जा पछिल्लो ४ महिनाको उच्च हो । साउनको चौथो साता वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप थपिएको छ ।

साउन महिनाको ३० गतेसम्ममा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप छ भने सोही अवधिमा बैंकहरुले कुल २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: