चार्टड उडान स्थगितपछि वैदेशिक रोजगारीमा गएका ८० हजार नेपाली प्रभावित

 

काठमाडौं, भदौ  । 

सरकारले मंगलबारबाट विभिन्न देशसँग चाटर्ड उडान स्थगित गरेपछि करिब १ लाख नेपाली अलपत्र परेका छन् ।

सोमबारबाट सरकारले चाटर्ड उडान स्थगित गरेपछि विभिन्न देशमा रहेका भिसा अवधि सकिएका, करार अवधि सकिएका तथा रोजगारी गुमाएका ९५ हजार नेपाली समेत स्वदेश फर्कन पाउने मिति अनिश्चित बनेको हो ।

कोरोना (कोभिड १९) संकट व्यवस्थापन केन्द्रले ५ औं चरणको उद्धार उडानमार्फत सोमबारबाट दैनिक ५ सय जना नेपालीलाई स्वदेश फर्काउने योजना तय गरेको थियो ।

तर सोमबारै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिले पर्यटन मन्त्रालयलाई पत्राचार गरि स्वदेश फर्कनेहरुलाई राख्ने ठाँउ तत्कालै नभएको बताएपछि मंगलबारबाट उडान रोकिएको छ ।

सिसिएमसिका अनुसार २ महिनाको अवधीमा ५१ हजार ७ सय ६१ नेपाली स्वेदश फिर्ता भएका छन् ।

सोमबार नेपाल वायुसेवा निगमको जहाज दुबई पुग्यो तर त्यसै फिर्ता भयो ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न देशबाट हाल ९४ हजार १ सय ३५ जना नेपाल फर्कन तयारी अवस्थामा छन् ।

मलेसिया लगायतका खाडी मुलुकबाट वैदेशिक रोजगारीमा गएका रोजगारी गुमाएका, करार अवधि सकिएका, भिसा अवधि सकिएका ८० हजार बढि नेपाली स्वेदेश फिर्तिका लागी तयारी अवस्थामा छन् ।

यी मध्ये अधिकांशले कोभिड १९ का कारण रोजगारी गुमाएका र कम्पनी नै बन्द भई स्वदेश फिर्ता हुनुपर्ने अवस्था आएको बताएका छन् ।

कोभिडकै कारण विभिन्न्न मुलुकमा रोजगारी गुमाएर नेपाली तत्काल स्वेदश फर्कनुपर्ने अवस्था आएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरे बताउनुहुन्छ ।

सरकारले यस अघि नै स्वेदश फिर्ताका लागी विभिन्न मापदण्ड समेत बनाएको थियो ।

उपत्यकाका विभिन्न क्षेत्रमा होल्डिङ क्षेत्र बनाएको र सरकारी खर्चमै स्वदेश फर्काउने योजना रहेपनि सरकारी कामले गति लिन नसक्दा नेपालीहरु कयौ महिना देखी अलपत्र अवस्थामा रहेका छन् ।

जोखीम न्युनीकरण गर्नका लागी ५ दिनसम्म होटलमा राखेपछि पिसिआर जाँच गर्र्ने र ७ औं दिनमा आएको उनिहरुको रिपोर्टका आधारमा गन्तव्य स्थानमा पु¥याउने सरकारी योजना पनी तयारीकै अभावमा अलपत्र परेको छ ।

यद्यपी सरकारको आग्रहमा सम्बन्धित देशका रोजगारदाता कम्पनीसँग आग्रह गरेर नेपाली कामदारलाई सहयोग गरिरहेको सरकारी दाबी उत्तिकै छ ।

यता वैदेशिक रोजगार बोर्ड भने सरकारी रकममा स्वेदश फर्काउने कामदारको विवरण तयार पार्नमै व्यस्त छ ।

बिना तयारी सरकारले कार्यक्रम बनाउँदा नेपाली कामदार अन्य देशमा बिजोग अवस्थामा बस्न परेको छ ।

तर कुटनितिक नियोगले श्रमीकको रोजगारीमा निरन्तरताका लागी सहयोग गरिरहेको परराष्ट्रको दाबी छ ।

यस्तो अवस्थामा सरकारले आवाश्यक तयारी गरेर उनिहरुलाई यथाशिघ्र स्वदेश फिर्ता गरेर नागरिक प्रतिको दायित्व पुरा गर्नुपर्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: