राजस्व छली गर्ने प्रहरी नियन्त्रणमा


उदयपुर । 

राजस्व छली गर्नेलाई प्रहरीले पक्राउ गरी करदाता सेवा कार्यलयलार्इ बुझाएक‍ो छ ।

कर छली गर्नेसंग सेवा कार्यालय उदयपुरले ठूल‍ रकम जरिवाना असुल गरेक‍ो प्रहरीले बताएको छ ।

लकडाउन र निशेधाज्ञाको समयमा तरार्इबाट कर छली गरी समान ओसार पसार गर्नेलाई निरुत्साहित गर्ने उदयपुर प्रहरीको अभियान अन्तर्गत यस्तो कदम चालिएको बताइएको छ ।

यसै सिलसिलामा बेलका नगरपालिका ८ कोठुमा १५ पोका सुर्तिसहित त्रियुगा नगरपालिका ११ बस्ने संदिप कुमार साह र त्रियुगा नगरपालिका–१ हाट खोलाबाट सोही ठाउँ बस्ने बैजनाथ साहलाइ ४० प‍ोका सुर्तिसहित आइतबार राति पक्राउ गरि करदाता सेवा कार्यलय उदयपुरमा बुझाएको हो ।

कार्यलयले १ लाख ५ हजार ५५५ जरिवाना गरी छ‍ाडेको प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभय‍ो । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: