बैंकको दुई करोड ठगेर पोर्चुगल भागेका केदारको गोजीमा ५०० भारु !



 नेपालमा वित्तीय अपराध र सरकारी कागजात किर्ते गरेर चार वर्षदेखि फरार काभ्रेका केदारप्रसाद ढुङ्गाना साउन ३० गते पोर्चुगलबाट नेपाल आइपुगे । ढुङ्गाना आफंै नेपाल आएको नभई सीआईबीको मुद्दामा फरार रहेका उनलाई इन्टरपोल प्रहरीले पोर्चुगलदेखि नेपाल ल्याएको हो । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ का ढुङ्गाना तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकको ठगी प्रकरणका अभियुक्त हुन् भने सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

नक्कली कागजात खडा गरेर ढुङ्गानाले तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकबाट २ करोड ७१ लाख रुपैयाँ ठगी गरेका थिए । सो मुद्दा भने अहिले पनि उच्च अदालत पाटनको वाणिज्य इजलासमा विचाराधीन अवस्थामा छ ।

साउन ३० गते नेपाल प्रहरीको इन्टरपोल शाखाले ढुङ्गानालाई नेपाल ल्याएलगत्तै सीआईबीलाई बुझाएको थियो । त्यसलगत्तै साउन ३१ गते सीआईबीले ढुङ्गानालाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यन्वयनका लागि पेश गर्यो । जिल्ला अदालत ललितपुरले १० वर्ष अर्थात् २०८८ साउन ३० गतेसम्म कैद सजाय भुक्तान गर्न र ७ लाख रुपैयाँ जरिवाना भराएको प्रमाण पेश गर्न कारागार कार्यालय नख्खुलाई पत्र लेख्यो ।

यदि ७ लाख रुपैयाँ जरिवाना नभरेको अवस्थामा २०९४ साल पुस २४ गतेसम्म थुनामै राख्न कारागार कार्यालय नख्खुलाई पत्राचार भएको छ । अहिले ढुङ्गानालाई नख्खु कारागारमा पठाइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: