नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य धनराज गुरुङलाई मातृ शोक परेको छ । नेता गुरुङकी आमाको ९२ वर्षको उमेरमा निधन भएको हो ।
नेता गुरुङले सामाजिक संजाल फेसबुकमार्फत मंगलबार आमाको निधन भएको जानकारी दिएका हुन् । उनले भावपूर्वक लेखेका छन्, ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो । मेरो दुःखमा हजुरको आँखा रसाउने गर्थे। पञ्चायती शासनका विरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको विरोधी भएका छौ रे ! मारी देला ! जोगिएर हिंड ! भन्नुहुन्थ्यो । ९२ वर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो। तर आज स्तब्ध पारेर जानुभयो। आमा !!’
स्वर्गीय गुरुङको केही समयदेखि फोक्सोमा समस्या थियो । उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा आज निधन भएको हो ।
उहाँका ४ छोरा तथा १ छोरी मध्ये छोरीको यस अघि नै निधन भइसकेको छ । स्वर्गीय गुरुङको गुरुङको दाहसंस्कार बौद्ध परम्परा अनुसार अर्जुनचौपारी २, लामडाँडामा भोलि मिति २०७८ भाद्र २ गते दिनको १ बजे अन्तिम संस्कार गरिने नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिएका छन् ।
स्थायी घर स्याङजाको अर्जुनचौपारी गाँउपालिका वाड नं २ मा हो ।
0 coment rios: