पाकिस्तानविरुद्धको सिरिज इङ्ल्यान्डलाई


एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेल टेस्ट सिरिज इङ्ल्यान्डले जितेको छ । अन्तिम टेस्ट बराबरीमा रोकिएपछि सिरिज इङ्ल्यान्डले १(० ले जितेको हो । 

पाकिस्तानले फलोअन गरिरहेका बेला वर्षाले प्रभावित भएपछि अन्तिम टस्ट बराबरीमा सकिएको थियो । फलोअनमा पाकिस्तानले ८३।१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाउदा खेल रोकिएको थियो । 

पाकिस्तानका बाबर आजम ८ चौकासहित ६३ रनमा अविजित रहे । कप्तान अजहर अली २ चौकासहित ३१ रनमा पेभिलियन फर्किएका थिए । ओपनर आबिद अलीले ४२ रनको योगदान दिए । असाद सफिक २१ र सान मसुद १८ रनमा आउट भएका थिए । 

इङ्ल्यान्डका लागि जेम्स एन्डरसन दुई जोए रुट र स्टुअर्ट ब्रोडले समान एक एक विकेट लिए । यसअघिको पहिलो टेस्ट इङ्ल्यान्डले तीन विकेटले जितेको थियो । 

त्यस्तै दोस्रो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा सकिएको थियो । यसँगै इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिज जितेको हो । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार खेलको टेस्ट सिरिज ३(१ ले पराजित गरेको थियो । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: