बैंकका कर्मचारीलाई पनि कार्यालय जान प्रहरीले रोकेपछि बैंकहरुले सेवा नदिने


काठमाडौं । 

काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण अतिआवश्यक सेवा तथा क्षेत्रहरु पनि प्रभावित भएका छन् ।

निषेधाज्ञामा बैंकका कर्मचारीलाई पनि रोकिएपछि बैंकहरुले आज९बिहीबार० सेवा नदिने भएका छन् ।

निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको हो ।

संघका अध्यक्ष भुवन दाहालले प्रहरीले कर्मचारीलाई दुःख दिएर सेवा दिन नसक्ने स्थिति आएको बताए । त्यसैले संघले आज बैंकका शाखा नखोल्ने निर्णय गरेको दाहालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पालना गराउन सडकमा खटिएका प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारी लगायत कतिपय प्रमुख कार्यकारी अधिकृतलाई समेत बाटोमै रोकिएको गुनासो समेत बैकरहरुको छ ।

यसअघि हिजो मात्र संघले सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति गरेको थियो ।

बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएकोमा आज भने बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकिएको अध्यक्ष दाहालले बताए।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: