डोनाल्ड ट्रम्पविरुद्ध खनिए ओबामा, राष्ट्रपति पदलाई ‘रियालिटी शो’ बनाएको आरोप


काठमाडौं । 

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खनिएका छन् ।

प्रायः शान्त र शिष्ट स्वभावमा प्रस्तुत हुने गरेका ओबामा बुधबार आयोजित डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने ट्रम्प विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भए ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी शो’ बनाएर ह्वाईट हाउसको मर्यादा र गरिमाकै खिल्ली उडाएको ओबामाको टिप्पणी छ ।

ट्रम्पमा क्षमता नभएकै कारण उनी राष्ट्रपतिको रुपमा परिपक्व हुन नसकेको ओबामाको ठहर छ । डेमोक्रेटीक सम्मेलनको तेस्रो रात कमला ह्यारिसले औपचारिक रुपमा उपराष्ट्रपतिको मनोनयन स्विकार्दैछिन् ।

सम्मेलनको अन्तिम दिन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाईडेनले सम्बोधन गर्ने कार्यक्रम छ ।

बाईडेन र ह्यारिसको जोडीले नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपति चुनावमा ट्रम्प र माईक पेन्सको जोडीसँग प्रतिस्पर्धा गर्दैछ ।

उता ओबामाको टिप्पणीलाई जवाफ फर्काउदै राष्ट्रपति ट्रम्पले ओबामाले ८ वर्षे शासनकालमा अमेरिकीहरुलाई त्रासमा छाडेकोले आफु राष्ट्रपतिमा निर्वाचित भएको तर्क गरेका छन् ।९एजेन्सी०


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: