रक्षामन्त्री र गृहमन्त्री उपस्थित बैठकमा सहभागी भएकालाई कोरोना देखिएपछि नेकपाको सचिवालय बैठक सारियो


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) लाई तय भएको सचिवालय बैठक सरेको छ ।

शुक्रबार नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएको बैठकका सहभागीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक १८ गतेसम्म धकेलिएको सचिवालयका एक नेताले जानकारी दिए ।

“रक्षामन्त्री र गृहमन्त्री उपस्थित भएको बैठकमा सहभागी भएकालाई कोरोना देखिएछ । त्यही कारणले बैठक धकेलिएको हो,” सचिवालयका ती नेताले भने ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि सचिवालयको बैठक १३ गतेलाई तय भएको थियो । नेता नेपाल झन्डै सातदिन होम क्वारेन्टिनमा बसेको थिए । 

नेपालसहित उनको सचिवालयको बुधबार पनि कोरोना परीक्षण भएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

अब बस्ने सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । पार्टीभित्र विवाद उत्पन्न भएपछि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: