अस्पताल पुगेको एक घण्टामै कोरोना संक्रमितको मृत्यु


पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वासप्रश्वासमा समस्या भएर आएका पोखरा महानगरपालिका १६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । 

अस्पताल आइपुगेको एकघण्टामै उनको मृत्यु भएको थियो । उक्त प्रतिष्ठानमा यसअघि पाँचजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

अस्पतालका निर्देशक सह प्रा।डा। अर्जुन आचार्यले दिएको जानकारीअनुसार मृतकमा सुगर र प्रेसरको समस्या थियो । यसैबीच गण्डकी प्रदेशमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । 

गण्डकी प्रदेशमा योसँगै संक्रमितको  संख्या २०३६ पुगेको छ । पछिल्लोपटक संक्रमितहरु बैंकका कर्मचारी, महानगरपालिकाका इन्जिनियर, मोबाइल पसलका सञ्चालक, औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीलगायत छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: