संक्रमण दर बढेसँगै कोरोना बीमा गराउने ह्वात्तै बढे, बीमा गर्नेमध्ये १५५ जना संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेहरु ह्वात्तै बढेका छन् । हालसम्म ६ लाख भन्दा बढीले कोरोना बीमा गरेको बीमा समितिले जनाएका छ । कोरोना बीमा गर्ने १ सय ५५* जनामा कोरोना संक्रमण देखिएपछि दाबी भुक्तानी माग भएको बीमा समितिले जनाएको छ । 



सोमबारसम्म दाबी गर्नेहरु मध्ये ४४ जनालाई दाबी भुक्तानी दिइएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । अन्य बाँकी रहेकाहरुको भने दाबी भुक्तानी गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । अधिकारीका अनुसार संक्रमित भएकाहरुमा मध्ये अधिकाँशले एक लाख रुपैयाँको बीमा गराएका छन् । 



समितिका अनुसार हालसम्म १५५ संक्रमित मध्ये हालसम्म १११ जनाले भुक्तानी लिन बाँकी रहेको छ । भुक्तानी हुन बाँकीमध्ये ११० जनाले १ लाख र १ जनाले ५० हजारको कोरोना बीमा गराएका छन् । 

यसैगरी हालसम्म ४४ जनाले  भुक्तानी लिएका ६ जनाले ५० हजार र ३८ जनाले १ लाखका दरले पाएका छन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: