काठमाडौंमा निषेधाज्ञा, तैपनि बढ्यो सेयर बजार


काठमाडौं । 

साताको चौथो दिन बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार भने सामान्य वृद्धि  भएको छ । बिहिबार सेयर सेयर बजार परिसूचक नेप्से ६।२८ अंकले बढेर १३९७।५७ अंकमा पुगेको छ ।

काठमाडौं  उपत्यकामा  जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाका बाबजुत पनि सेयर बजारमा सुधार देखिएको छ । बिहीबार बजारमा कारोबार रकम घटे पनि लगानीकर्ताले मनोबल बढाउँदा बजार परिसूचकमा भने सुधार देखिएको हो ।

सुरुवाती समयमा बिक्री चाप बढी हुँदा घट्ने संकेत देखिए पनि लगत्तै लगानीकर्ताले मनोबल बढाउँदै खरिद चाप बढाउँदा उकालो लागेको बजार केही घट्न खोजे पनि १४०० विन्दुको मनोवैज्ञानिक साथले गर्दा बजार परिसूचकमा सुधार देखियो। पछिल्लो केही सातायता नेप्से १४०० अंकको वरिपरि घुमिरहेको छ । 

बिहीबार बजार परिसूचक बढे पनि उपत्यकामा घोषणा भएको निषेधाज्ञाले गर्दा लगानीकर्ताको पहुँच पुग्‍न नसक्दा कारोबार रकम भने घटेको छ । बिहीबार नेप्सेमा १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ३९  करोड ३१ लाख २९ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा नेको इन्स्योरेन्स, नागरिक लगानी कोष, नेपाल पुनर्बिमा कम्पनी, नेपाल बैंक र शिवम्  सिमेन्टमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

हकप्रद सेयर स्वीकृत भएको समृद्धि फाइनान्सको सेयर मूल्यमा बिहीबार पोजेटिभ सर्किट लागेको छ । सिभिल लघुवित्त, विशाल बजार कम्पनी, सूर्योदय लघुवित्त र बेस्ट फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

नेप्सेमा बिहीबार होटल र म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: