प्रिमियर लिग स् लिभरपुलको पहिलो खेल लिड्ससँग


एजेन्सी । 

प्रिमियर लिगले बिहीबार नयाँ सिजन २०२०–२१ को लागि आफ्नो खेल तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर १२ तारिखबाट सुरु हुने लिगअन्तर्गत आफ्नो पहिलो खेलमा च्याम्पियन लिभरपुलले लिड्सको सामना गर्नेछ ।

लिभरपुलले ३० वर्षको प्रतीक्षालाई समाप्त गर्दै गत सिजनको प्रिमियर लिग उपाधि जितेको थियो । त्यस्तै लिड्स यसै सिजनबाट प्रिमियर लिगमा बढुवा भएको हो । 

प्रिमियर लिगको पहिलो दिन ६ खेल हुनेछन् । जसमा क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन, फुल्हामविरुद्ध आर्सनल, स्पोर्टसविरुद्ध एभर्टन, वेस्ट ब्रमविरुद्ध लेस्टर सिटी, वेस्टह्मविरुद्ध न्युक्यासल भिड्नेछन् ।

त्यस्तै १४ सेप्टेम्बरमा ब्राइटनविरुद्ध चेल्सी र सेफिल्ड युनाइटेडविरुद्ध वुल्भ्सले सामना गर्नेछ । पहिलो साताको खेलमा बर्निल र म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटी र एस्टन भिल्लाबीचको खेल सारिएको छ । जसको मिति तय गरेको छैन । 

लिभरपुलले लिड्ससँग खेल्दै सिजनको सुरुवात गरेपछि दोस्रो खेल चेल्सी र तेस्रो खेल आर्सनलसँग खेल्नेछ । म्यानचेस्टर सिटी र लिभरपुलले जोभेम्बर ७ मा सिजनको पहिलो भेट गर्नेछन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: