पोखरामा एक साताका लागि निषेधाज्ञा जारी


 कास्की । 

पोखरामा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले दुई दिन यता कोरोना संक्रमण बढ्न थालेपछि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । हालसम्म पोखरामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: