प्रदेश नम्बर २ मा मुख्यमन्त्री बाहिरीदै, राउत बाहिरिँदा सरकारमा टोली नै नयाँ आउने

काठमाडौं, भदौं ८ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गरिने भएको छ ।

मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता दल (राजद) बीच गठबन्धन सरकार रहँदा मुख्यमन्त्री बनेका राउत सपा र राजदबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि भने सरकार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

पछिल्ला दिनमा प्रदेश २ मा राउतको अढाई वर्षे कार्यकाल सोचअनुरुप सफल नभएको निष्कर्ष निकाल्दै संसदीय दलको नेता फेरबदलका लाति घनिभूत प्रयास भइरहेको छ । राउतले आशातित काम गर्न नसक्दा समग्रमा संघीयताप्रति प्रश्न उठेको उनका आलोचकहरुले बताउन थालेका छन् ।

यसका लागि दुई दल मिलेर नयाँ बनेको दल जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

दुई नम्बर प्रदेशको मुख्य मन्त्री फेरिने पक्का भएको जानकारी दिँदै जसपा सांसद मनिष सुमनले जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब बन्ने नेता नै मुख्यमन्त्री हुने जानकारी दिए ।

उनले अहिलेको मुख्य मन्त्री राउत मात्र नभई सरकारको टीम नै परिवर्तन हुने पनि बताए । अधिकांश सांसद भने सरकारमा मुख्यमन्त्रीदेखि मन्त्रीहरुको टोली नै नयाँ ल्याउनुपर्ने पक्षमा उभिएका छन् ।

उनले संघीयताको सफलता र विफलता मुलतः २ नम्बर प्रदेशको सरकारको कार्यकुशलता र जनताबीचको सन्तुष्टीमा निर्भर रहेकाले प्रभावकारी सरकार बनाउनु जरुरी रहेको उनको तर्क थियो ।

राउतको स्थानमा संसदीय दलको नेता चुनिएर मुख्य मन्त्री बन्ने दौडमा यतिबेला बहालवाला भौतिक मन्त्री जितेन्द्र सोनल, गृह मन्त्री विजय यादव र सांसद मनिष सुमन लागेका छन् ।

राउत र यादव तत्कालिन समाजवादी पार्टी, नेपाल तथा सोनल र सुमन तत्कालिन राजपा नेपालका सांसद हुन् ।

यसअघि नेकपाले २ नम्बर प्रदेशको सरकार ढाल्ने प्रयास थाल्दा दुई दल एक भएका थिए भने अहिले एकीकृत पार्टीले नै सरकारमा नयाँ अनुहार ल्याउन चाहेको हो ।

यसका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा। बाबुराम भट्टराईबीच समझदारी समेत भएको दाबी गरिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: