कोरोनामा लक्ष्यभन्दा बढी राजश्व


चितवन, भदौं ६। 

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो । 

कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन गरेको हो । कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा रु १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व उठेको छ । 

कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट रु ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट रु ११ लाख २५ हजार  राजश्व उठेको छ  ।

कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ । व्याजकर मा रु २० करोड १७ लाख ९४ हजार राजश्व उठेको छ । यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा कार्यालयले रु २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ । सो महिनामा यसमा रु ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।

यस्तै मुल्य अभिवृद्धि कर अन्तर्गत रु २५ करोड ८३ लाख ९५ हजार र बहाल कर रु ३८ लाख ८७ हजार असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको रु १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ ।  

यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ । चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: