हत्या आरोपी कोरोना संक्रमितबाट नौं जना प्रहरीमा संक्रमण फैलियो


काठमाडौं । 

पछिल्लो समय थुनुवाका कारण पनि प्रहरीमा संक्रमणको जोखिम बढ्दै गएको छ ।

यस्तै एक घटनामा एक हत्या आरोपी संक्रमितबाट उसको पक्राउमा संलग्न प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको आशंका गरिएको छ ।

केही समय अघि काठमाण्डौंमा भएको एक हत्यामा संलग्न भएको आरोपमा दोलखाका दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको थियो ।

दोर्जेमा सक्रमण पुष्टिभएसंगै संलग्न प्रहरीहरुमा पनि कोरोना सरेको बताइएको छ ।

पक्राउमा संलग्न एक निरीक्षक, एक प्रहरी नायब निरीक्षक र एक प्रहरी सहायक निरीक्षक सहित ९ जनामा संक्रमण देखिएको हो ।

संक्रमित प्रहरीहरुलाई प्रहरी अस्पतालको आइसुलेशन केन्द्रमा राखिएको जनाइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: