काठमाडौं, भदौ ३ ।
मंगलबार सामान्य सुधार आएको शेयर बजार बुधबार दोहोरो अंकले खुम्चियो ।
कारोबार अर्ब नजिक पुग्यो । उतारचढावबीच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर १३ सय ९१ मा आइ थामियो ।
यसदिन कारोबार भएका सबै समुहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो ।
योसदिन जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ३६ अंकले ओर्लदा निर्जिवन बिमा समुह १ सय १३ अंकले खुम्चियो । वाणिज्य बैंक, विकास बैंक, व्यापार, उत्पादनमुलक र लघुवित्त समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार कित्ता शेयर ९७ करोड ६२ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
0 coment rios: