स्याङ्जामा थप एक हप्ता निषेधाज्ञा


स्याङ्जा, भदौ ११ । स्याङ्जामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप भएको छ । यही भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यसअधि आज भदौ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको र कोरोना फैलने त्रास कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञाभन्दा केही सहज बनाइएको बताउँदै तरकारी पसल र अत्यावश्यक खाद्यान्न पसलहरू बिहान २ घण्टा र साँझ २ घण्टा खुल्ला गर्ने गरी केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म पसल खुल्ला हुने छन् ।

यस्तै औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, बैंक तथा वित्तिय संस्था, खानेपानी, विद्युत्, फोहोर–मैला व्यवस्थापन लगायत अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवा सञ्चालन गर्न निषेध गरिएको छ ।

 



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: