भदौ १६ देखि हुने नियमित अन्तर्राष्ट्रिय उडानबाट विदेश जान पाइने


काठमाडौं । सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रियतर्फ खुला गरेको नियमित उडानबाट विदेश पनि जान पाइने भएको छ । 

तर, जुन देशमा जाने हो उक्त देशमा प्रवेश गर्नुअघि अपनाइनुपर्ने सुरक्षाका सावधानी पनि मान्‍नुपर्नेछ । त्यसरी नेपालबाट जान चाहने यात्रुले कोरोनाको परीक्षण अनिवार्य गर्नुपर्छ । ७२ घण्टाभित्रको कोरोना परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएकालाई मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश गर्न दिइन्छ ।

यसैगरी भिसा भएको र जानै पर्ने कारण भए सम्बन्धित देशको नेपालमा रहेको दूतावाससँग सम्पर्क गरेर उता पुग्नुअघि अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी लिन उपयुक्त हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । 

भदौ १६ देखि केही मुलुकका लागि नियमित उडान खुला गरिएको छ । त्यसरी नियमित उडानबाट कोही जान खोज्नुभएको छ र सम्बन्धित देशले पनि आउन स्वीकृति दिएको छ भने जान सक्नुहुन्छ, उनले भने । तर, त्यसका लागि नेपालमा रहेका सम्बन्धित देशका दूतावाससँग बुझ्दा उपयुक्त हुन्छ ।

सरकारले पीसीआर गर्न सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति दिएको छ । यी मुलुकमा नेपालबाट पनि जान पाइनेछ । त्यसका लागि प्रक्रिया पुगेको र ती मुलुकले आफ्नो देशमा आउन अनुमति दिएको पनि हुनुपर्नेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: