रहेनन् चर्चित शायर तथा गीतकार राहत इन्दाैरी


 चर्चित भारतीय उर्दू शायर तथा हिन्दी चलचित्रका गीतकार राहत इन्दौरीको निधन भएको छ । मङ्गलबार बिहान उनले ट्वीट गर्दै आफू कोरोना सङ्क्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएपछि हिजो मेरो कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । अरबिन्दो हस्पिटलमा भर्ना भएको छु, प्रार्थना गर्नुस्, चाँडो भन्दा चाँडो यो रोगलाई हराउन सकुँ ।’  

भोपालका स्थानीय पत्रकार शुरैह नियाजीका अनुसार हृदयाघातका कारण इन्दौरीको निधन भएको हो । उनलाई कोरोना र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

राहत इन्दौरीको उमेर ७० वर्षको थियो । उनको जन्म सन् १९५० जनवरी १ मा भएको थियो । 

 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: