सेतीदोभान पुल ७ वर्षमा २० प्रतिशत मात्रै निर्माण

स्याङ्जा, ८ असोज  । झण्डैं ७ वर्षअघि निर्माण सुरु भएको सेतीखोलाको मोटरेवल पुल अझै अलपत्रै छ । दुबैतर्फका खोला किनारमा पुलको फाउन्डेशन तयारी हुँदाको अवस्थामै रहेको पुल अलपत्रै अवस्थामा छाडिएको छ । दुबैतर्फका किनारमा फलामका रड मात्रै राखिएको छ ।

पुल वरपर रहेका फलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेर, काठ तथा फलामे सटिङ्का सामाग्री यत्रतत्र छन् । सामान राख्ने गोदाम कक्षमा घाँस र झाडीले घेरिएको छ । लाखौं मूल्यका सामग्री नष्ट हुँदै गएको छ ।

आँधीखोला गाउँपालिका ५ स्थित सेतीदोभानमा निर्माण सुरु भएको मोटरेबल पुल बन्दाबन्दै रोकिएको हो । इष्टमेट अनुसार पुल बनेको भएको स्थानीयबासीले ५ वर्षअघिदेखि उपयोग गर्न पाउने थिए । निर्माण कार्य सुरु हुँदै पटकरपटक रोकिँदै आएको पुल निर्माणको करिब २० प्रतिशत काम पनि पुरा भएको छैन् । मुलुककै पहिलो होमस्टे सिरुवारी जोड्ने गरी थालनी गरिएको मोटरेबल पुल पुनर्निर्माण कार्य अहिले ठप्पै छ ।

कान्छाराम–आशिष जेबीले निर्माण कम्पनीले पुल निर्माणको जिम्मेवारी पाएको हो । चालिस मिटर लम्बाई र ७ मिटर चौडाईको सो पुल ३ करोड २७ लाखको लागतमा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

लामो समयसम्म पुल बन्न नसक्दा हजारौं स्थानीय व्यक्तिलाई सेतीखोला वारपार गर्न कठिनाइ भएको छ । सेतीखोला पारीका बस्तीमा खाद्यान्न तथा अन्य ढुवानीका लागि समस्या छ । अहिले पनि खाद्यान्न तथा अन्य सामग्री ढुवानीका लागि खोलामै ट्याक्टर हिडाएर लैजान बाध्य छन् ।

०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल ०७३ असोज २५ गते सक्नुपर्ने थियो । तर, निर्माण कार्य सुरुको ५÷६ महिनापछि रोकिन सुरु भएको हो । सम्झौता अनुरुप पुल निर्माण सम्पन्न गरेर ४ वर्षअघि हस्तान्तरण गर्नुपर्ने थियो ।

“पुल अत्यावश्यक ठाउँमा बन्न लागेको थियो, ठेकेदारको ढंग नपुग्दा स्थानीयबासी सास्ती भोगेका छन् ।” आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने, “सडक विभागले निर्माण कम्पनीलाई कारबाही गरेर पुल छिटो बनाउनु प¥यो ।”

पुलको रेखदेखको समेत जिम्मेवारी पाएका स्थानीय बाबुराम ढकालले भने, “सटिङका लागि रड बनाउने इन्जिनियर नेपालमा नभएका कारण पुल निर्माणकार्य रोकिएको हो ।” दोस्रो पटक फाउण्डेसनका पिलर भरेर पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड गुणस्तर हिन र सानो भएको भनी सडक विभागले रोकेको उनले बताए ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: