सूर्य लाईफ ईन्स्योरेन्स स्याङ्जामा

स्याङ्जा, १ असोज ।  सूर्य लाईफ ईन्स्योरेन्स कम्पनी लि.ले स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ स्थित स्याङ्जा बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

शाखा कार्यालय संचालनमा आएसँगै कम्पनीले अभिकर्ता क्षमता अभिबृद्धि सम्बन्धी एक दिने गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको आँधीखोला गाउँपालिका उपप्रमुख शर्मिला पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

गोष्ठीको उद्घाटन गर्दै उपप्रमुख पौडेलले मानव जीवन मात्रै नभएर पृथ्वीमा उत्पन्न भएका सबै जीवको विमा गर्नु राम्रो हुने विचार व्यक्त गरिन् । उनले जीवन र विमा सबै जीवको एक सिक्काका दुई पाटा भएको जिकिर गरिन् ।

गोष्ठीमा जिल्ला सहकारी संघ लि. स्याङ्जाका निर्वतमान अध्यक्ष केशवराज लम्साल र मुक्तिनाथ विकास बैंक स्याङ्जा जिल्ला प्रमुख नविन काफ्लेले विमाको महत्वका बारेमा आफ्नो विचार राखेका थिए ।

करिब २२ जना सहभागिता रहेको क्षमता अभिबृद्धि गोष्ठीमा सूर्य लाईफ ईन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश क्षेत्रिय कार्यालय प्रमुख मिनबहादुर जि.सी. तथा वरिष्ठ अभिकर्ता सरला आचार्य, लोककुमारी क्षेत्री र मिनाकुमार मल्लले सहजिकरण गरेका थिए ।

सूर्य लाईफ ईन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश क्षेत्रिय कार्यालय प्रमुख मिनबहादुर जि.सी.को अध्यक्षतामा सम्पन्न भएको गोष्ठीको संचालन ईन्स्योरेन्सका स्याङ्जा शाखा प्रमुख सुजन पोख्रेलले गरेका थिए । 



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: