हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल, कारोबार रकम ४ अर्ब १८ करोड

काठमाडौं । अर्थतन्त्र ठप्प हुँदा पनि सेयर बजारमा भने हरियाली छाएको छ । गत साताबाट लगातार बढेको सेयर बजार बढ्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । बुधबार सेयर बजारमा उत्साह देखिँदा बजार परिसूचक नेप्से १५०० अंकको विन्दु पार गरेको छ ।

केही साता १४०० अंकको वरिपरि घुमेको सेयर बजार कोभिड १९ ले गर्दा सबै व्यवसाय ठप्प हुँदा नयाँ लगानीकर्ताको प्रवेशसँगै गत साताबाट निरन्तर रुपमा उकालो लागेको छ । नयाँ लगानीकर्ताको प्रवेश र बैंकमा तरलता अधिक हुँदा घट्दो कर्जाको ब्याजदरले बजारलाई ऊर्जा प्रदान गरेको बजारको विश्लेषकहरु बताउँछन् ।

अर्कोतर्फ बैंकहरुले घटाएको निक्षेपको ब्याजदरले गर्दा  निक्षेकर्ता निरुत्साहित हुँदा न्यून ब्याजदरमा बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी बढाउँदा पनि बजारमा उछाल आएको सेयर बजारका जानकारहरु बताउँछन् ।

बुधबार बजार परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । सोमबार १४८४.९९ अंकमा बन्द भएको नेप्से बुधबार २५.२५ अंकले बढेर १५१०.२४ अंकमा बन्द भएको छ । प्रि–ओपनीङ सेसनमै ५ अंकले बढेको बजार खुलेको १८ मिनेटमै  करिब ३१ अंकले बढेर १५१५ अंकसम्म पुगेको थियो । त्यसपछि केही ओलो लागे पनि १ बजेर ४८ मिनेटमा बजारले आजको उच्च विन्दु १५१९.७८ अंक कायम गरेको थियो । तयसपछि केही बजार केही ओरालो लागेर १५१०.२४ अंकमा बन्द भएको हो । 

आज बजारमा १८६ कम्पनीको ९६ लाख ६ हजार ९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब १ करोड १० लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से बढेसँगै सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स ६.२५ अंकले बढेर ३०४.६० अंकमा बन्द भएको छ । यता बजारमा ऐतिहासिक ४५ हजार २७२ कारोबार भएको छ । यसले बजारमा लागानीकर्ताको उल्लेख्य उपस्थति रहेको देखाउँछ । नयाँ लगानीकर्ताको बजार प्रवेश भएको भन्‍ने बलियो आधारसमेत कारोबार संख्याले जनाउँछ ।

बुधबार बजारमा हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।  नेप्सेमा सूचीकृत ३३ वटा हाइड्रोपावरमध्ये  २८ वटा हाड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतदेखि १० प्रतिशतले बढेको छ । बुधबार अधिकांश लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दा धेरै सेयर मूल्य बढ्ने शीर्ष स्थानका ३५ कम्पनीमा ३३ वटा हाइड्रोपावर नै छन् । यस्तै मर्जरपछि कारोबार खुलेको उन्‍नति सहकार्य लघुवित्त र गत साता नेप्सेमा सूचीकृत भएर कारोबार खुलेको एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

ऊर्जा मन्त्रालयले समस्याग्रस्त हाइड्रोपावरलाई सहुलियत दिन कर्जाको ब्याजदरमा सहुलियत दिनेलगायत प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । ऊर्जाको उक्त प्रस्तावमा अर्थ मन्त्रालय पनि सकारात्मक रहेकाले त्यसको प्रभाव हाइड्रोपावरको सेयर मूल्यमा परेको हो ।

लगातार उच्च कारोबार हुँदै आएको पुनर्बिमा कम्पनीको सेयरमा बुधबार पनि लगानीकर्ता झुम्मिएका छन् । बुधबार कम्पनीको सेयर ६७ करोड ४२ लाख ४२ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै शिखर इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् । 

उछाल देखिएको बजारमा सोमबार गुमाउनेमा भने बिमा कम्पनीका लगानीकर्ता देखिएका छन् । उच्च अंकले बढेको बजारमा पनि प्रभु इन्स्योरेन्स प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् । यस्तै  मल्टिपर्पोज फाइनान्स, सगरमाथा इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पनि क्रमश ः ३.७०, ३.४६ र ३.४४ प्रतिशतले गुमाएर सर्वाधिक गुमाउने शीर्ष ५ कम्पनीमा परेका छन् ।

बुधबार बजारमा जीवन र निर्जीवन बिमाबाहेक सबै समूहको उपसूचक बढेको छ । हाइड्रोपावर समूहको उपसूचकमा उछाल देखिएको छ । उक्त उपसूचक ९.३ प्रतिशतले बढेको छ । यस्तै अन्य समूहको उपसूचक ३.९३ प्रतिशत तथा बैंकिङ व्यापार र विकास बैंक समूहको उपसूचक क्रमश ः १.६२, १.७७ र १.५ प्रतिशतले बढेको छ । यता जीवन बिमा, निर्जीवन बिमा समूहको उपसूचक भने क्रमशः ०.९५ र १.६७ प्रतिशतले घटेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: