एक हजार १२० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४१ हजार ६४९

काठमाडौं । नोभेल कोरोना भाइरसका संक्रमित एक हजार १२०  थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  एक हजार १२० संक्रमित थपिएको जानकारी दिए । 

जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८  रहेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ११२ जना देशभरका विभिन्‍न अस्पतालबाट  डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन १०  हजार ४९३ जना र होम आइसोलेसनमा ७ हजार ६१५ रहेका छन् । आजसम्म देशभर ६ हजार ७६७  जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १४ जना, प्रदेश १ मा एक जना र प्रदेश ५ मा ३ जना गरी १८ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९  पुगेको छ । 

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

सोमबार ११ हजार १२९  जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो । 

मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: