एनसेल, सर्वोत्तम सिमेन्ट, नर्भिक र ग्रान्डीले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्न सक्ने व्यवस्था गरेसँगै कर्पोरेट हाउस ९संगठित संस्था० हरुले सार्वजनिक निष्कासनका लागि चासो देखाएका छन् । सेवा एवं उत्पादनमूलक संस्थाहरुले सार्वजनिक निष्कासनमा चासो देखाएका हुन् ।

बोर्डले चालु आर्थिक वर्षमा बुक बिल्डिङ निर्देशिका २०७७ कार्यान्वनमा ल्याएसँगै अब संगठित संस्थाले वास्तविक मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्न सक्छन् । जसले गर्दा राम्रो वित्तीय अवस्था भएका र उच्च मुनाफा आर्जन गरिरहेका संस्थाहरुले पनि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न इच्छा देखाएका हुन् ।

संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्र निष्कासनको मूल्य निर्धारण गर्ने विधिलाई नै बुक बिल्डिङ भनिन्छ । यो विधिबाट आईपीओ निष्कासन गर्दा सर्वप्रथम धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ता छनोट गर्छ । संस्थागत लगानीकर्जाले गोप्य सिलबन्दीमार्फत आईपीओका लागि आवेदन दिन सक्नेछन् । जसको माध्यमबाट धितोपत्रको कट अफ मूल्य तय हुन्छ । कट अफ मूल्यमा संस्थागत लगानीकर्ताले धितोपत्र खरिद गर्छन् भने सो मूल्यको १० प्रतिशत कम मूल्यमा सर्वसाधरणलाई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

वास्तविक मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था भएसँगै एनसेल, सर्वोत्तम सिमेन्ट, नर्भिक अस्पताल, ग्रान्डी इन्टरनेसनल हस्पिटलजस्ता ठूला संगठित संस्थाले चासो देखाएका हुन् । केही कम्पनीहरु बुक बिल्डिङबाट आईपीओ निष्कासनका लागि परामर्श गर्न आएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । “सिमेन्ट कम्पनीहरु, हस्पिटलहरु, कम्युनिकेसन सेक्टरका केही कम्पनीहरुले परामर्श गरिरहनुभएको छ,” उनले भने, “सर्वोत्तम सिमेन्ट, एनसेल, नर्भिक र ग्रान्डी हस्पिटललगायत केही कम्पनीहरुले परामर्श गरिरहनुभएको छ ।”

बुक बिल्डिङको आईपीओ निष्कासनमा लगानी गर्न करिब ६० वटा संस्थागत लगानीकर्ताले बोर्डमा आवेदन दिएको अध्यक्ष ढुंगानाले बताए । मर्चेन्ट बैंकर्स, सामूहिक लगानी कोष तथा इन्भेष्टमेन्ट कम्पनीलगायतले बुक बिल्डिङमा लगानी गर्न आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिएका लगानीकर्ताहरुमध्येबाट मापदण्ड र प्रक्रिया पुगेका संस्थागत लगानीकर्ताहरुको सूची सार्वजनिक गर्ने अध्यक्ष ढुंगानाले बताए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: