ओली–प्रचण्डबीच वार्ता जारी, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

“उहाँहरूबीच साढे ११ बजेदेखि छलफल भइरहेको भइरहेको छ,” बालुवाटार स्रोतले भन्यो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने उनी निकटस्थहरू बताउँछन् ।

भदौ २६ गते सकिएको स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे पार्टीभित्र सैद्धान्तिक छलफल भएको थियो । त्यसैको वरिपरि रहेका प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् । आजै प्रधानमन्त्री ओलीले १२ बजे मन्‍त्रिपरिषद् बैठक बोलाएका छन् । (फाइल तस्बिर



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: