दोस्रो जित निकाल्ने योजनामा मुम्बई



एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

यता पहिलो खेलमा जित निकालेको बैंगलोर दोस्रो खेलमा भने हार बेहोरेको थियो । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समयअनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योनजामा छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरलाई सहज जितको अपेक्षा हुनेछ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन भने उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्नेछ । 

यता रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईलाई आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । साबिक विजेता भएका कारण पनि यो सिजन मुम्बईका लागि हरेक खेल महत्त्वपूर्ण रहनेछन् । त्यसैले बैंगलोरविरुद्ध पनि सहज जित निकाल्ने योजनामा मुम्बई छ ।

पहिलो खेलमा मुम्बई चेन्‍नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराएको थियो । यता, बैंगलोरले भने सनराइजर्स हैदराबादलाई १० रनले हराएर सुखद सुरुवात गरेको बैंगलोर किङ्‍ग्स इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: