स्याङ्जाका सहिद पुत्रले चलाए टुर एण्ड ट्राभल्र्स

स्या्जा, १२ असोज । झण्डै १० वर्ष चलेको माओवादी सस्शत्र द्धन्द्धको समयमा सहिद भएका स्याङ्जाका मेघबहादुर बानियाँका छोराले टुर एण्ड ट्राभल्र्स संचालन गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ६ गौरीघाट (स्टेट नं. ७) मा उनले टुर एण्ड ट्राभल्र्स संचालनमा ल्याएका हुन् ।

टुर एण्ड ट्राभल्र्स व्यवसायमा सहिद पुत्र अशोक क्षेत्रीले करिब ४ करोड ५० लाख लगानी गरेका छन् । नेपाल भरका पर्यटकीय क्षेत्रमा सेवा प्रबाह गर्न सक्ने गरी उनले ट्राभल्र्स मार्फत ट्याक्सी, स्कारपियो र माईक्रोस बस संचालन गरेका छन् ।

“३ वर्ष दुबई र २ वर्ष फ्रान्समा बैदेशिक रोजगारी गरेर फर्किएका क्षेत्रीले नेपालमा पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना देखेर टुर एण्ड ट्राभल्र्स संचालन गरेको हुँ ।” हिमालयन टुर एण्ड ट्राभल्र्सका प्रबन्धक निर्देशक क्षेत्रीले भने, “बैदेशिक रोजगारबाट फर्किएर नेपालमै केहि गर्न सकिन्छ भनेर लगानी गरेको र ८ जनालाई रोजगार समेत दिएको छु ।”

करिब १ वर्षदेखि संचालनमा आएको ट्राभल्र्स लकडाउन पूर्व राम्रोसँग चलेको बताउँदै क्षेत्रीले भने, “(कोभिड–१९) कारण लगाईएको लकडाउन अवधीमा बैंक व्याज, किस्ता र आम्दानी समेत गरी करिब ५० लाख नोक्सान पुगेको छ ।” व्यवसाय पूर्व अवस्थामा गए नोक्सान पुगेको आर्थिक क्षतिपूर्ति गर्न सकिनेमा उनले विश्वास जनाए ।

स्याङ्जाबाट पोखरा गएर करोडौ लगानी गरेका क्षेत्रीले नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा भौगोलिक बनावट र पर्यटकीय सम्भाबना भएकाले पोखरामा गएर लगानी गरेको सुनाए । पोखराबाट मुक्तिनाथ, चितवनको सौराहा, लुम्बिनी, काठमाडौं, रारा सहितका पर्यटकीय क्षेत्रमा जान सहज हुने भएकाले पोखरामा लगानी गरेको बताए । 


पोखरामा टुर एण्ड ट्राभल्र्स क्षेत्रको व्यवसाय कडा प्रतिस्पर्धीको भएपनि आन्तरिक र बाह्यि पर्यटकको घुईचो नै लाग्ने भएकाले ट्राभल्र्स व्यवसाय सहज भएको क्षेत्रीले बताए । आन्तरिक तथा बाह्यि पयर्यटकलाई सेवा दिन पछिल्लो समय संख्यामा नभएर गुणस्तरमा समेत प्रतिस्पर्धा चल्न थालेको पनि उनले बताए । 

हरिनास गाउँपालिका वडा नं. ५ साविकको चिन्नेवास गाउँ विकास समिति वडा नं. ९ कुरुम्फाका नेपाली काँग्रेस स्थानीय नेता बानियाँलाई नेकपा माओवादीले द्धन्द्ध सयममा २०५८ मंसिर २४ मा उनकै घर हत्या गरेको थियोे । बानियाँका एक श्रीमती ३ छोरा छन् । ३ छोरा मध्ये जेठा ट्राभल्र्स, माईला कृषि व्यवसाय र कान्छा भारतीय सेनामा कार्यरत छन् ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: