बरामद गरिएको १४६ क्‍विन्टल प्याज बिक्री गरिँदै, मूल्य प्रतिकेजी ६० रुपैयाँ

काठमाडौं । बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज बिक्री गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट प्याज बिक्री गरिरहेको छ ।

कम्पनीले प्रतिकिलो ६० रुपैयाँको दरले बरामद गरिएको प्याज बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । कम्पनीले बरामद गरिएको सबै १४६ क्‍विन्टल प्याज बिक्री गर्ने उनले बताए ।

वाणिज्य विभागले बजार अनुगमनका क्रममा महँगोमा प्याज बेच्दै गरेको पाएपछि बरामद गरेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै बजारमा प्याजको भाउ बढाइएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नै ग्राहक बनेर प्याज खरिद गर्दा जथाभावी रुपमा मूल्य कायम गरिएपछि त्यस्ता व्यापारीबाट जफत गरिएको थियो । त्यही जफत गरिएको प्याज कम्पनीले बिक्री गरिरहेको हो ।

कम्पनीले प्रतिकिलो ६० रुपैयाँका दरले एक जनालाई तीन किलो प्याज बिक्री गरिरहेको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: