६ जना नेपालीलाई बरुणत्से हिमाल आरोहणको अनुमति

काठमाडौं । लकडाउनपछि पहिलो पटक सरकारले हिमाल आरोहणको अनुमति दिएको छ । पर्यटन विभागले बरुणत्से हिमाल आरोहणको अनुमति दिएको हो । 

कोडिभ–१९ का कारण पर्यटनसहित सबै क्षेत्र प्रभावित भइरहेका बेला विभागले ६ जना नेपाली टोलीलाई यो हिमाल आरोहणको अनुमती दिएको महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । 

लकडाउनका बेलादेखि हालसम्म दुई वटा समूहले मात्रै हिमाल आरोहणका लागि अनुमती मागेकोमा ६ जना नेपालीको टोलीलाई अनुमति दिएको उनले बताए । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई पनि लोबुचे र मनास्लु हिमाल आरोहणका लागि अनुमति दिने निर्णय गरेको थियो । 

राजकुमारसहितको १८ जनाको टोलीलाई चार्टर उडानबाट नेपाल आउने र यी हिमाल आरोहण गर्न अनुमती दिने निर्णय यसअघि मन्त्रीपरिषद्ले गरेको थियो । मन्त्रीपरिषद्को उक्त निर्णय पछि उनीहरुलाई नेपाल आउन चार्टर उडानको अनुमति पनि पाइसकेको तामाङले बताए ।   

६ जना नेपाली टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्ने विभागले जनाएको छ । यो निर्णयले आगामी दिनमा माउन्टेन पर्यटनका लागि सकारात्मक सन्देश दिने विभागले जनाएको छ ।

बरुणत्से हिमाल ७ हजार १२९ मिटर उचाइको छ । यो हिमाल आरोहण गर्ने क्रम १९५४ देखि भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: