स्याङजामा पहिरोले पुरिदा एकाघरका ९ सहित १० को मृत्यु, एक घाईतेको उपचार हुदै

स्याङ्जा, असोज ८ । तीन दिनदेखि परेको अबिरल वर्षाले स्याङजामा बिहीबार बिहान गएको पहिरोमा परी एकाघरका ८ जना सहित १० को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

वालिङ नगरपालिका वडा नं. १४ तमादिका एकाघरका ८ जना र कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडाका एक गरी १० जनाको ज्यान गएको हो । 

पहिरोमा परी तमादीका १६ बर्षे मनिषा नेपालीको भने जिबितै उद्धार गरिएको छ । उनको पोखरामा उपचार भैरहेको छ । 

पहिरोमा परी ज्यान गुमाउनेमा  १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक बालक छन । 

यसैगरी, २८ का उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली मृत भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

 पहिरोमापरि ४ महिला, ४ पुरुष र एक ७ महिने नाबालकको ज्यान गएको हो । तमादिमा ज्यान गुमाउनेमा २८ बर्षे उमाकला बाहेक अन्य सबै एकाघरका हुन् । 

जिल्लामा पहिराका कारण दर्जनौं सडक अवरुद्ध छन । 





SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: